आध्यात्मिक सम्मेलनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडमा आजदेखि आयोजना हुने आध्यात्मिक सम्मेलनको लागि योगगुरु बाबा रामदेव पश्चिमी नाका गड्डाचौकी हुँदै महेन्द्रनगर पुगेका छन्। जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनका लागि बाबा रामदेव नेपाल आएका हुन् ।
भूस्वर्गका नामले परिचित खप्तड क्षेत्रको महिमा र सम्भावनाको उजागर गर्न अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
आध्यात्मिक सम्मेलनका लागि यसअघि नै पतञ्जली योगपीठका महामन्त्री बालकृष्ण आचार्य खप्तड पुगिसकेका छन् ।
बाबा रामदेव महेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टर मार्फत खप्तड पुग्ने आयोजकले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति, तथा स्थानीय पालिकाको आयोजनामा हुन लागेको सम्मेलनमा करिब तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया