छठको दोस्रो दिन 'खरना' मनाइयो

जनकपुरधाम : तराइमा हर्षोल्लासका मनाइने छठको दोस्रो दिन बिहीबार खरना विधि सम्पन्न गरिएको छ । व्रतालुहरुले दिनभरि निराहार उपवास बसी साँझ पख सक्खर (गुड), दुध र चामल मिश्रित खीर, मुला, फलफूलसहितका परिकारले कुलदेवता र पुर्वजलाई नैवेद्य चढाई खरना मनाएका छन्।
खरनामा व्रतालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा खीर बनाउने प्रचलन छ । सो खीर, पानको पात, सुपारी, मुलालगायतको प्रसाद केराको पातमा घरको कोठामा माटोले लिपपोत गरी कुल देवता र पुर्वजलाई चढाउने परम्परा छ । छठका दिन भगवान सूर्यलाई जतिवटा अर्घ दान गरिन्छ, खरनामा त्यतिकै संख्यामा नैवेद्य चढाउने गरिन्छ । नैवेद्य कुलदेवता र पुर्वजलाई चढाउँदा छठीमातालाई स्मरण गरिन्छ । खरना विधि सम्पन्न पश्चात व्रतालुहले दिनभरिको उपवास नैवेद्यले तोडेका छन् ।
छठमा यसअघि बुधवार नहाय खाय विधि सम्पन्न गरिएको थियो । भोली षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई र सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ दान दिइ पारण गरेपछि छठ सम्पन्न हुन्छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा जनकपुरधामस्थित पोखरी, तलाउ र सरोवरका डिललाई सरसफाई गरी कपडाको पण्डालले छाउनी बनाएर झकिझकाउ बनाइएको छ । मिथिलाञ्चलमा मनाइने छठ पछिल्ला वर्षहरूमा राजधानी काठमाडौंसहित पहाड तथा हिमाली क्षेत्रमा समेत मनाउन थालिएको छ ।

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

प्रतिक्रिया