इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व अन्त्य गर्न बाइडनको आह्वान

काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडनले तत्काल इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व अन्त्य गर्न आह्वान गरेका छन् । इजरायलले प्यालेस्टाइनको गाजामा रकेट प्रहार गरेपछि पहिलोपटक दुवै राष्ट्रका नेतालाई फोन गरेर अमेरिकी राष्ट्रपति बाइडेनले द्वन्द्व अन्त्य गर्न आग्रह गरेका बिबिसीले जनाएको छ ।
बाइडनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति महम्मुद अब्बासलाई फोन गरेका थिए । फोनमा राष्ट्रपति बाइडनले तत्काल द्वन्द्व अन्त्य गर्न आग्रह गर्दै छलफल र वार्ताका माध्यमबाट समस्या समाधान हुने पनि बताएका थिए ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले दुई देशबीचको समस्या समाधानका लागि बैठक बोलाएकाले वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने राष्ट्रपति बाइडनको जोड छ । इजरायलले रकेट आक्रमण गरेपछि प्यालेस्टाइनका दर्जनौ व्यक्तिको ज्यान गइसकेको छ । राष्ट्र संघको सुरक्षा परिषदले द्वन्द्व समाधानका लागि आज आपतकालिन बैठक बोलाएको छ ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया