विधेयक प्रमाणित भएपछि झापामा एकैदिन ३३ जनाले पाए जन्मसिद्धकाे आधारमा नागरिकता

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय झापाले आइतबार जन्मसिद्ध नागरिकताको आधारमा ३३ जनालाई नागरिकता वितरण गरेको छ । जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेका थिए । सोही विधेयक राजपत्रमा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय झापाले नागरिकता वितरण गरेको थियो ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज पोख्रेलले जन्मसिद्ध नागरिकताका आधारमा ३३ जनालाई नागरिकता वितरण गरिएको जानकारी दिए । हिजो मात्र वंशजसहित गरी कुल १ सय १० नागरिकता वितरण गरिएको उनले बताए ।
‘बाबा र आमा दुवैको जन्मसिद्ध नागरिकता भएका सन्तानलाई नागरिकता दिएका थियौ,’ पोख्रेलले भने,’ सर्वोच्च अदालतको आदेश आएको थाहा पाएपछि राष्ट्रपतिले प्रमाणित गरेको विधेयकका आधारमा दिएको नागरिकता वितरणमा रोक लगायौ ।‘
आइतबार नागरिकताका लागि धेरै आवेदन परेको उनले बताए । ‘दुई सय टोकन बाँडेर सक्दा पनि प्रशासन परिसरमा सेवाग्राहीको भीड रहेको थियो,’ उनले भने,’ हिजो मात्र जन्मसिद्ध नागरिकताका आधारमा नागरिकता दिएका हौ ।‘
वंशजको आधारमा भने नियमित नागरिकता वितरण गरिरहेका छौ, ‘ उनले अगाडि थपे । जनशक्तिले भ्याएसम्म १ सय १० जनालाई नागरिकता उपलब्ध गराएको पोख्रेलको भनाइ छ ।
झापा प्रशासनले तत्काल राजपत्रमा प्रकाशित 'नेपाल नागरिकता ऐन २०७९' कार्यान्वयनमा नल्याउने भएको छ । आइतवार सर्वोच्च अदालतलबाट उक्त ऐन कार्यान्वयन नगर्नू नगराउन अन्तरिम आदेश भएकाले सो ऐन बमोजिमको नागरिकतासम्बन्धी ऐनलाई स्थगित गरेको हो ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपति पौडेलले जारी गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन गर्नबाट रोक लगाएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्य…

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

प्रतिक्रिया