पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्याे

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा आइतबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा १० जना घाइते छन् । दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका हुन् ।
मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय संयोग गौतम र पाणिनी, पणेनाका ३७ वर्षीय विजय पोखरेल रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
परियार, विक र गौतमको घटनास्थलमै र, पोखरेल र दुई वर्षीय संयोगको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १० जनाको रुपन्देहीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । ती मध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
जसमा ४ जनाको भैरहवा मेडिकल कलेज र एक जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । थप पाँच जना घाइतेको भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ । घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा भएको हो । दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको थियो ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया