अफ्रिकामा ४६ लाखभन्दा बढी कोभिड-१९ संक्रमित

एजेन्सी : अफ्रिकामा पुष्टि भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४६ लाख ७७ हजार ७९८ पुगेको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शनिबार जानकारी गराएको छ । अफ्रिकामा कोभिड–१९ को महामारीबाट प्रभावित सङ्क्रमितमध्ये ४२ लाख ३२ हजार ९७४ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु भएका सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ८९० पुगेको ५५ सदस्यीय अफ्रिकी युनियनको विशेष स्वास्थ्य निकाय, अफ्रिका सीडीसीले पुष्टि गरेको हो ।
अफ्रिका सीडीसीका अनुसार दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्ट देशहरू महादेशमा सबैभन्दा बढी सङ्क्रमित हुने देशहरू हुन् । सङ्क्रमित सङ्ख्याको हिसाबले दक्षिण अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो । उत्तर अफ्रिका र पूर्वी अफ्रिकी मुलुकहरू पनि बढी प्रभाबित रहेका छन् भने यस महाद्वीपमा मध्य अफ्रिका सबैभन्दा कम प्रभावित क्षेत्र हो ।
दक्षिण अफ्रिकामा शनिबारसम्म १६ लाख आठ हजार ३९३ सङ्क्रमित फेला परेका छन् भने दोस्रो बढी प्रभाबित मानिएको अफ्रिकी मुलुक मोरक्कोमा पाच लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया