मकवानपुरमा खोलामा डुबेर एक बालकको मृत्यु

मकवानपुर- मकवानपुरमा नुहाउने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । बकैया गाउँपालिका–६, बेसीटोल बस्ने अन्दाजी ११ वर्षीय सन्देश बोम्जनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार उनी शनिबार विद्यालय छुट्टी भएको समयमा साथीहरूसँग घर नजिकैको बकैया खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा बकैया खोलामा डुबेर बोम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । मुचुल्कासहित थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया