ओखलढुंगामा अक्सिजन उत्पादन शुरु

ओखलढुंगा : ओखलढुंगामा अक्सिजन उत्पादन शुरु भएको छ । देशभरका अस्पतालमा कोरोना संक्रमणका विरामीको उपचारका लागि अक्सिजन अभाव भइरहँदा ओखलढुंगामा यसको व्यवस्थापन शुरु गरिएको हो ।
ओखलढुंगा सामुदायिक अस्पतालले दुई वर्षदेखि मिनिप्लान्ट सञ्चालन गर्दै आएको छ । यसबाट दैनिक आठ सिलिण्डरसम्म भर्न सकिने भएकाले जिल्लामा सहज भएको अस्पतालका निर्देशक युवराज आचार्यले बताए । अस्पतालमा हाल ४० वटा सिलिण्डर रहेका छन् ।
ती सिलिण्डर भरेर संचित राख्ने तथा जिल्ला बाहिरबाट समेत मगाएर राख्ने तयारी थालिएको निर्देशक आचार्यको भनाई छ । उत्पादनलले ओखलढुंगा जिल्लासहित छिमेकी जिल्लाहरु सोलुखुम्बु र खोटाङलाई उपचारमा सहज हुने अपेक्षा गरिएको छ । पहाडी जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने यो प्रदेशकै पहिलो अस्पताल हो ।
जिल्लामा उद्योग वाणिज्य संघले २५ थान खरिद गरेर भर्न पठाएको छ । संघको कार्यालयमा अक्सिजन सहितको आइसोलेशन निर्माण थालिएको छ । संघको कार्यालयमा १० श्यया अक्सिजनसहितका हुनेछन् । संकटको अवस्थामा संघको भवनलाई आइसोलेशन वार्डका रुपमा विकास गर्न लागिएको अध्यक्ष ज्ञानेन्द मास्केले बताए ।
जिल्ला अस्पताल रुम्जाटारमा रहेका १९ थान सिलिन्डरमा समेत अक्सिजन भरेर तयारी राख्ने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । जिल्लामै उत्पादन हुने भएकाले अत्यावश्यक अवस्थामा अक्सिजन अभाव हुन नदिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताए ।
ओखलढुंगा सामुदायिक अस्पताल तथा सांसदको पहलमा २०७४ सालदेखि जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा छ । सङ्घीय सांसद यज्ञराज सुनुवारले अक्सिजन प्लान्ट उद्घाटन गरेर कार्यकाल शुरु गरेका थिए । उनले अघिल्लो कार्यकालमा प्लान्ट स्थापनाका लागि बजेट विनियोजन समेत गराएका थिए । रासस

ढिला अस्पताल लैजाँदा सुत्केरीको बाटोमै गयो ज्यान

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_1vJeFlZ1gC_pecs46bhxnas7sh5akkr9rxdbeqar1eg2iappdwkptkonmguj23hwmnxy28l.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

प्रतिक्रिया