१७ लाख ३० हजारलाई दोस्रो डोज खोप लगाउन बाँकी

काठमाडौँ : राष्ट्रव्यापी खोप अभियानमा सहभागी भएर पहिलो चरणको खोप लगाएकामध्ये १७ लाख २९ हजार पाँच सय १० जनालाई दोस्रो चरणको खोप लगाउन बाँकी रहेको छ । खोप आपूर्तिको अनिश्चिततापछि नेपालले अहिले ६५ वर्ष माथि उमेर समूहका नागरिकलाई खोप लगाउन रोकेको छ । सम्झौता भैसकेको कोभिशील्ड खोपको १० लाख डोज सिरम इन्स्टिच्यूट अफ इण्डियाले आपूर्ति गर्न नै बाँकी छ ।
भारतमा कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित हुनेहरूको संख्या तीव्र बढेपछि अहिले खोप निर्यातमा अस्थायी प्रतिबन्ध लगाइएको छ । तर, त्यहाँ संक्रमितको संख्या न्यूनीकरण भएपछि खोपको निर्यात खुल्न अपेक्षा गरिएको छ ।
यसैबीच सरकारले चीन सरकारको सहयोगमा प्राप्त भेरोसेल खोपको दोस्रो डोज जेठ २ देखि १० गतेसम्म लगाउने तालिका सार्वजनिक गरेको छ । चैत २५ देखि वैशाख ५ गतेसम्म खोप लगाएका लागि २ गतेदेखि १० गतेसम्म दोस्रो डोजको खोप दिन लागिएको हो ।
सरकारले दोस्रो चरणको खोप अभियान देशभरका ३०० खोप केन्द्रबाट सञ्चालन गरेकोमा खोपको आपूर्ति नै अनिश्चित भएपछि अहिले सरकारले निजी क्षेत्रलाई खोप ल्याएर बेच्न अनुमति दिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया