नीति तथा कार्यक्रममाथि छलफल र पारितका लागि बागमती प्रदेश सभा बैठक बस्दै

मकवानपुर । नीति तथा कार्यक्रममाथि छलफल र पारितको लागि प्रदेश सभा बैठक शुक्रबार बस्दैछ । जेठ १७ गतेबाट सुरु आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल नसकिएकाले शुक्रबारको बैठकमा पनि नीति तथा कार्यक्रम माथि छलफलको लागि बैठक आह्वान गरिएको हो ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार आज शुक्रबार बिहान १०ः३० बजे बस्ने बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
आजको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफल सकिने र त्यसपश्चात प्रदेशको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेश सभाको बिहीबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बिहीबारको पहिलो र दोस्रो बैठकमा सत्तापक्ष र प्रतिपक्ष गरी ३५ जना प्रदेश सभाका सदस्यहरुले आगामी आवको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै विभिन्न सुझाव दिएका थिए ।
गत बुधबार र बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग नलिएका बाँकी सदस्यहरूले आजको बैठकमा आ आफ्नो धारणा राख्ने छन् ।
प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले जेठ १४ गते सभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । प्रदेश सभामा उक्त नीति तथा कार्यक्रममा जेठ १७ गतेबाट छलफल सुरु भएको हो ।

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

प्रतिक्रिया