भारतकाे बथनाहाबाट हिँडेको कार्गाे रेल विराटनगर आइपुग्याे (फाेटाेहरू)

काठमाडौं– भारत बिहारको बथनाहाबाट हिँडेको कार्गाे रेल विराटनगर आइपुगेको छ । विराटनगरस्थित भन्सार यार्डसम्म सञ्चालन हुने गरी आजबाट रेल सेवा सुरु गरिएको हो ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आइपुगेको हो। प्रचण्ड भारत भ्रमणमा रहेको बेला दुवै देशका प्रधानमन्त्रीले झण्डा देखाएर रेल सेवाको संयुक्त रूपमा थालनी गरे ।
विराटनगरस्थित आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको औद्योगिक कच्चा पदार्थ बोकेर रेल आइपुगेको हो ।
कार्गो रेल सेवाको नियमित सञ्चालन सुरु भएपछि भारत र तेस्रो मुलुकबाट गरिने सामान आयतको लागत न्युनतम ६० प्रतिशतसम्म घट्ने उद्योगी व्यवसायीहरुले बताउदै आएका छन् ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_8zoUKedmXU_dpojbthojefeqqst3sblsupl4nzfxwutlxpf7ds28rkmxq6m4pnzykltpb5m.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया