म्यानचेस्टर युनाइटेडका खेलाडीको खेल स्कुले विद्यार्थीको जस्तै

काठमाडौँ: गत बिहीबार म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग ४-२ को पराजय भोग्यो । सो हारबारे युनाइटेडका पूर्व कप्तान रोय किनको भनाइ सार्वजनिक भएको छ । उनले युनाइटेडका केही खेलाडीले विद्यालय स्तरीय प्रदर्शन गरेको प्रतिक्रिया दिए ।
युनाइटेड विशेषगरी रक्षापंक्तिमा हतास देखिएको किनको भनाइ थियो । किनले गोल रक्षक डिन हेन्डर्सन, रक्षक लुक श र मिडफिल्डर फ्रेडको लिभरपुलविरुद्धको प्रदर्शन स्कूले विद्यार्थीहरूको जस्तो रहेको आरोप लगाए ।
‘ओले गनर सोल्स्यारले फ्रेडलाई मौका दिइरहेका छन् । तर फ्रेड युनाइटेडलाई उपाधि जिताउन सक्ने खाल्का खेलाडी होइनन् । शको प्रदर्शन स्कूले विद्यार्थीको जस्तै थियो । अनि गोलरक्षकले पनि बारम्बर गल्ती गरिरहे,’ किनको भनाइ थियो ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया