बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

इटहरीमा दुई दिन विद्यालय बन्द हुने

प्रतिकात्मक तस्बिर

काठमाडौँ- सुनसरीको इटहरी उपमहानगरपालिकाका सबै सामुदायिक र निजी विद्यालय दुई दिन बन्द हुने भएका छ्न् । अत्याधिक गर्मीका कारण जेठ १८ र १९ गते विद्यालय बन्द गर्ने निर्णय भएको उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।

‘दुई वर्षे बिदाबाट बिदा कट्टा हुने गरी यस उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय भएकाले सोही बमोजिम गर्न र गराउनका लागि यो सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ ।