सर्बियाले रद्द गर्यो ‘भ्याक्सिन’ पर्यटन
काठमाडौँ : आफ्ना नागरिकका लागि खोप सुनिश्चित गरेर बाँकी रहेको अतिरिक्त खोप विदेशी पर्यटकहरूका लागि उपलब्ध गराउँदै आएको बाल्कन क्षेत्रको देश सर्बियाले उसको भ्याक्सिन पर्यटन अहिलेलाई रद्द गरेको छ । जर्मनीको न्यूज च्यानल डीडब्लुका अनुसार, अहिले सर्बियाले आफ्ना नागरिकलाई पूर्ण रूपमा खोप लगाइसकेपछि मात्र विदेशी पर्यटकलाई दिने घोषणा गरेको छ ।
सर्बियाले खोप पर्यटन सञ्चालन गरेपछि बाल्कन क्षेत्रका देशबाट हजारौं पर्यटक बेलग्रेडमा खोपकै लागि पुगेका थिए । सर्बियाले पर्यटकका लागि निःशुल्क खोप समेत अफर गरेको थियो । परिवारसहित खोपका लागि राजधानी बेलग्रेडस्थित मुख्य खोपकेन्द्र र अन्य ठाउँहरूमा पर्यटकको चाप बढेपछि सर्बियाले अहिले उक्त खोप पर्यटन बन्द गरेको बताइएको छ ।
बोस्निया, मोन्टेनिग्रो, उत्तरी मेसेडोनियाबाट परिवारसहित सर्बियाली राजधानी बेलग्रेडका प्रमुख खोप केन्द्रहरूमा अघिल्ला साताहरूमा चाप देखिएको थियो । युरोपेली संघमा निर्भर रहेक बाल्कन क्षेत्रै देशहरूमा समेत खोपको अभाव छ । तर सर्बियाले भने रूस, अमेरिका, बेलायत र चीनबाट खोप जुटाएर आफ्ना नागरिकका लागि खोप सुनिश्चित गरेको छ ।
सर्बिया युरोपेली देशहरूमध्येमै जनसंख्याको तुलनामा खोप लगाउने देशहरूमा अग्रस्थानमा छ । त्यहाँ चीनको सिनोफार्म, रूसको गामालिया सेन्टरद्वारा उत्पादित खोपका साथै बेलायतको अष्ट्राजेनिका र अमेरिकाको फाइजर कम्पनीका खोपहरू प्रयोगमा ल्याइएको छ ।
यो पनि पढ्नुहोस्:
सर्बिया : जहाँ प्रधानमन्त्री र मन्त्रीहरूले छुट्टाछुट्टै स्रोतबाट खोप जुटाए

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

प्रतिक्रिया