३० लाख जनसंख्या भएको सुदूरपश्चिममा २० भेन्टिलेटर र ५६ आइसीयू

धनगढी : झण्डै ३० लाख जनसंख्या रहेको सुदूरपश्चिममा कोभिड-१९ संक्रमण र मृत्यु दर बढ्दै गएको छ । पछिल्लो दुई सातामा मात्रै १० हजार संक्रमित थपिएका छन् भने दुई सय २७ जना संक्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा अहिले पनि सात हजार ८ सय बढी संक्रिय संक्रमित छन् । तर दुई सय ८६ जना संक्रमितको मात्रै अस्पतालहरुमा उपचार भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा कोभिडका गम्भीर बिरामी बढ्दै गए पनि उपचारका लागि पूर्वाधार र उपकरणको चरम अभाव भएपछि अस्पताल भर्ना हुने बिरामीको संख्या कम भएको हो । सुदूरपश्चिम प्रदेशमा २० भेन्टिलेटर र ५३ आइसीयू शय्यामात्रै रहेको निर्देशनालयको तथ्यांक छ । यो तथ्यांकले प्रदेशमा डेढ लाख जनसंख्याका लागि एक भेन्टिलेटर र ५६ हजारका लागि एक आइसीयू बेड मात्रै उपलब्ध रहेको देखाउँछ ।
डडेल्धुरा अस्पतालमा २६, सेती प्रादेशिक अस्पतालमा १५, महाकाली अस्पतालमा ६ शय्या आईसीयू छ भने डडेल्धुरा र महाकाली अस्पतालमा ६/६ र सेती प्रादेशिक अस्पतालमा ५ भेन्टिलेटर छन् । कोभिड महामारी बढ्दै गए पनि पूर्वाधार र उपकरण थप्न प्रदेश सरकारको ध्यान जान सकेको छैन् ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो दुई महिनामा प्रदेशभरी आइसीयू बेड दोब्बरले बढाइएको छ भने भएका भेन्टिलेटर पनि बिग्रिएर थन्किएका छन् ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले मागअनुसार अक्सिजनको व्यवस्थापन गर्न नसकिएकोले आइसीयू र भेन्टिलेटर थप्नुको कुनै औचित्य नरहेको बताए । ‘अक्सिजन नभए आइसीयू र भेन्टिलेटर चल्दैन्,’ उनले भने, ‘त्यसैले अहिले आइसीयू र भेन्टिलेटर थप्नुभन्दा पनि अक्सिजनको व्यवस्थापनमा हाम्रो ध्यान केन्द्रित छ ।’
उनका अनुसार अहिले सुदूरपश्चिम प्रदेशभरी दैनिक झण्डै एक हजार सिलिण्डर अक्सिजनको माग भइरहेको छ । ‘प्रदेशमा अक्सिजन उद्योग र प्लान्ट कम हुँदा मागको आधा पनि हामीले पूर्ती गर्न सकेका छैनौ । तीन सयदेखि चार सय सिलिण्डर मात्रै व्यवस्थापन गर्न सकेका छौ,’ उनले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया