बागमती प्रदेश सभाबाट नियम निलम्बन र संकल्प प्रस्ताव पारित

मकवानपुर- बागमती प्रदेश सभाकाे बुधबारकाे बैठकबाट संंकल्प प्रस्ताव प्रदेश सभा नियमावलीको नियम निलम्बन प्रस्ताव पारित भएकाे छ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभा नियमावली २०७४ को परिच्छेद १३ को नियम ८५, ८७, ९० र ९२ लागू हुने गरी सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम निलम्बन सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
यसैगरी प्रदेश सभा बैठकमा भारतले नेपालका भू–भाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकोमा प्रदेश सभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रूपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै नेकपा एमाले बागमती प्रदेश प्रमुख सचेतक मधुसुदन पौडेलले संकल्प प्रस्ताव पेस गरेका थिए । बुधबारकाे बैठकमा पेस गरिएकाे नियम निलम्बन तथा संकल्प प्रस्ताव प्रदेश सभाले स्वीकृत गरेकाे हाे ।
भारतले नेपालका लुम्बिनी र कपिलवस्तु लगायतका भू–भाग समेटेर नक्सा सार्वजनिक गरेकाेमा सामाजिक सञ्जालमा समेत विराेध भएकाे थियाे । पौडेलले संकल्प प्रस्ताव पेस गर्दै नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेकोले भारतले सार्वजनिक गरेकाे उक्त नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने बताए । सभामा पेस गरिएकाे संकल्प प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेस गरेका थिए ।
पौडेलले पेस गरेको संकल्प प्रस्ताव प्रदेश सभामा सबै दलले समर्थन गरेका थिए । उक्त संकल्प प्रस्तावलाई दलगत रूपमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए ।
यसैगरी आजकाे बैठकमा गत जेठ गते प्रदेश प्रमुखबाट पेस गरिएकाे आर्थिक वर्ष २०८०/०८१ काे प्रदेशकाे नीति तथा कार्यक्रममा छलफल भएकाे छ । बैठकमा विभिन्न दलका सांसदहरूले आआफ्नाे धारणा राखेका थिए । नीति तथा कार्यक्रम माथिकाे छलफल नसकिएकाले सभाका उपसभामुख चापागाईंले बिहीबार विहान १०:३० बजे बस्ने बैठकमा छलफल हुने गरी आजकाे बैठक स्थगित भएकाे जानकारी दिइन् ।

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

प्रतिक्रिया