कर्णालीमा संघीय बजेट : सबैभन्दा बढी सुर्खेतका पालिकालाई

सुर्खेत। कर्णालीका स्थानीय तहले संघीय सरकारबाट झण्डै २७ अर्ब बजेट पाएका छन् । आर्थिक वर्ष २०८०–०८१ का लागि संघीय सरकारले कर्णाली ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट दिएका हो ।
प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेतका स्थानीय तह र सबैभन्दा कम मुगुका स्थानीय तहले पाएका छन् । सुर्खेतका ९ स्थानीय तहले कुल ४ अर्ब ८८ करोड ३२ लाख बजेट पाएका हुन् । त्यस्तै मुगुका स्थानीय तहले सबैभन्दा कम बजेट पाएका छन् । मुगुका चार वटा स्थानीय तहको बजेट सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भन्दा पनि कम छ । मुगुका तीन वटा गाउँपालिका र एउटा नगरपालिका गरेर कुल एक अर्ब ३९ करोड ६६ लाख मात्रै बजेट पाएका छन् । जबकी संघीय सरकारले सुर्खेतको वीरेन्द्रनगरलाई नै १ अर्ब ६२ करोड ७४ लाख पाएको छ ।
यसैगरी संघीय सरकारबाट दैलेखका ११ स्थानीय तहले कुल ३ अर्ब ७१ करोड ४८ लाख, जाजरकोटका ७ स्थानीय तहलाई २ अर्ब ६५ करोड ६५ लाख, कालिकोटका ९ स्थानीय तहलाई २ अर्ब ७५ करोड १३ लाख, हुम्लाका ७ स्थानीय तहलाई १ अर्ब ७१ करोड बजेट पाएका छन् ।
आगामी आर्थिक वर्ष ०८०–०८१ का लागि जुम्लाका ८ स्थानीय तहलाई कुल २ अर्ब ३७ करोड २२ लाख, डोल्पाका ८ स्थानीय तहलाई १ अर्ब ८४ करोड ७१ लाख, सल्यानका दश स्थानीय तहलाई ३ अर्ब ४१ करोड ९३ लाख र रुकुमपश्चिमका ६ स्थानीय तहलाई कुल २ अर्ब २२ करोड ६३ लाख बजेट पठाएको छ । संघीय सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा बजेट दिएको हो ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया