नीति तथा कार्यक्रममाथि छलफल गर्न बागमती प्रदेश सभा बैठक बस्दै

हेटौंडा । आज बागमती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका बैठक बोलाइएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।
प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा र संशोधन प्रस्तावमाथि छलफल सुरु गर्नेछन् ।
प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि संशाेधन हाल्नका लागि मंगलबारसम्म समय दिइएको थियो । मंगलबारसम्म आएका संशाेधन प्रस्तावमाथि पनि आजबाट छलफल सुरु हुन लागेको हो ।

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

प्रतिक्रिया