डेभिड लुईज आर्सनल छाड्दै, आर्टेटाको रोजाइमा युवा रक्षक

काठमाडौँ: डेभिड लुईजले जारी सिजनको अन्त्यमा आर्सनल छाड्ने भएका छन् । दुई वर्ष अगाडि लन्डन कै अर्को क्लब चेल्सीबाट आर्सनल आएका लुइजले शुक्रबार त्यस्तो घोषणा गरेका हुन् ।
आर्सनलले नयाँ सझौँता प्रस्ताव नगरेपछि लुईज फ्रि–एजेन्ट बन्न लागेका हुन् । ३४ वर्षीय रक्षकले अब जुनसुकै क्लबसँग पनि कुराकानी अघि बढाउने र सम्झौँता गर्न सक्नेछन् । लुइजलाई अनुबन्ध गर्न चाहने क्बलले स्थान्तरण रकम तिर्नुपर्ने छैन ।
पछिल्लो समय लुईजले आर्सनलको पहिलो एघारमा आफ्नो स्थान गुमाएका छन् । लिभरपुल, एभरटन लगायतका चार टिमसँगको खेलमा मिकेल आर्टेटाले लुईजलाई प्रयोग गरेनन् । त्यस्तै पछिल्ला दुई खेल भने ब्राजिलियन रक्षकले चोटका कारण गुमाएका छन् ।
आर्सनलले आठ मिलियन पाउण्ड स्थान्तरण रकम तिर्दै लुईजलाई अनुबन्ध गरेको थियो । आर्सनलमा पहिलो सिजनमै लुईजले एफए कप जिते । चेल्सीमा इंग्लिस प्रिमियर लिग र च्याम्पियन्स लिग जितेका लुईजले दुई सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट पनि खेलेका थिए ।
आर्सनलले युवा रक्षकहरूलाई मौका दिने संकेत गरेको छ । रब होल्डिङले नयाँ सम्झौँता गरेका छन् भने गाब्रियल मागालेसलाई पनि आर्सनलको भविष्यका रूपमा हेरिएको छ । त्यस्तै फ्रेन्च रक्षक विलियाम सालिबा पनि निसबाट फर्कनेछन् । यद्यपि आर्सनलले आउँदो सरुवा बजारमा नयाँ रक्षक खरिद गर्नसक्ने सम्भावना पनि छ ।

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

प्रतिक्रिया