झुर फिल्ममा ‘दबंग ३’ लाई उछिन्यो ‘राधे’ ले

मुम्बई : अपेक्षामा उत्तिर्ण हुन नसकेका फिल्मलाई चल्तीको भाषामा झुर फिल्म भनिन्छ । पछिल्लो समय सलमान खानका फिल्मलाई धेरै यही शब्दले सम्बोधन गर्ने गरेका छन् । तर, कसले के भनिरहेछ भनेर खासै पर्वाह गर्ने सलमान खान एकपछि अर्को झुर फिल्म दर्शकलाई पस्किरहेका छन् ।
‘रेस ३’,‘भारत’, ‘दबंग ३’ दर्शकले झुर मानेका सलमानका ताजा फिल्म हुन् । अब यो लिस्टमा तीन दिन अघि रिलिज भएको ‘राधे’ पनि थपिएको छ । आइएमडीबीका अनुसार सलमानका झुर फिल्ममध्ये यो दोस्रो नम्बरमा आइपुगेको छ ।
आइएमडीबीको रेटिङमा यो फिल्मले जम्मा दुई रेटिङ पाएको छ जुन सलमानको अघिल्लो रिलिज ‘दबंग ३’ भन्दा पनि कम हो । ४१ हजारले दिएको रिभ्युका आधारमा फिल्मले आइएमडीबीको रेटिङमा जम्मा दुई अंक पाउन सफल भएको हो । ११ हजारले गरेको रिभ्युका आधारमा ‘दबंग ३’ले आइएमडीबी रेटिङमा ३.१ पाएको थियो । सलमानको फिल्ममध्ये सबैभन्दा कम रेटिङ पाउनेमा एक नम्बरमा भने ‘रेस ३’ छ । यो फिल्मले १.९ रेटिङ पाएको छ ।
कोरियन फिल्म ‘दि आउटलज’बाट प्रभावित यो फिल्ममाथि धेरैको अपेक्षा थियो । तर, यो फिल्मले सलमानका डाइहार्ड फ्यानलाई पनि निराश बनाएको प्रतिक्रिया आएका छन् । प्रभु देवाले निर्देशन गरेको यो फिल्ममा दिशा पटानी, रणदीप हुड्डा र जैकी श्राफ पनि महत्वपूर्ण भूमिकामा छन् । तर, जी प्लेक्समा रिलिज भएको यो फिल्मले पहिलो दिन भने रेकर्ड ब्रेक कमाइ गरेको आंकडा आएका छन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया