संघीय बजेटमा कर्णाली : अर्गानिक ब्रान्डिङदेखि मेडिकल कलेज निर्माण

सुर्खेत- संघीय बजेटमा कर्णालीका एक दर्जन बढी योजना समेटिएका छन् । ती योजनाहरूमध्ये कर्णालीको कृषि र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छ । त्यसैगरी शिक्षा, पर्यटन र पूर्वाधार क्षेत्रलाई पनि समेटेर बजेट विनियोजन भएको छ । यसपालिको बजेटमा अधिकांश पुरानै योजनाहरू समेटिएका छन् ।
बजेटमा संघीय सरकारले सुर्खेतमा मेडिकल कलेज निर्माण गर्ने योजनालाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ । केही वर्षयता संघीय सरकारको बजेटमा मेडिकल कलेज निर्माणको कार्यक्रम समेटिने गरेको छ । जसले आगामी वर्ष पनि निरन्तरता दिइएको हो ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत दैलेखको आठबीस नगरपालिकामा अवस्थित राकम कर्णालीमा एक सय शय्याको अस्पताल निर्माण गरिने भएको छ । अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकले ४२ रोपनी जग्गा पास गरेका छन् । कर्णालीमा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गर्ने योजनामा पनि बजेटमा समावेश छ ।
सरकारले दैलेखमा रहेको पेट्रोलियम अन्वेषण कार्यलाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ । पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । यसअघि नीति तथा कार्यक्रममा पनि यो योजना समावेश गरिएको थियो । सोही अनुसार बजेट विनियोजन गरिएको हो ।
दैलेखमा रहेको श्रीस्थान, नाविस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै भएको भनी विभिन्न चरणको अन्वेषणकै क्रममा प्रमाणित भइसकेको छ । पेट्रोलियम अन्वेषण कार्यका लागि अन्तिम चरणको कामका लागि जग्गा अधिग्रहण गरिएको छ । अब सरकारले उच्च प्राथमिकता राखी पेट्रोलियम पदार्थको उत्खनन गर्ने जनाएको छ ।
यसैगरी संघीय सरकारले कर्णाली प्रदेशको अर्गानिक उत्पादनलाई ब्रान्डिङ गर्ने भएको छ । अर्थमन्त्री महतले कर्णाली प्रदेशको अर्गानिक उत्पादनलाई ब्रान्डिङ गर्ने घोषणा गरेका हुन् । त्यसैगरी बजेटमा कर्णालीका रैथाने बालीको उत्पादन खरिद गर्ने योजना उल्लेख गरिएको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत रैथाने बालीको उत्पादन खरिद गर्ने जनाएको छ । रैथाने उत्पादन अन्तर्गत कोदो, फापर, भटमास, उवा, कागुनोलगायतका खाद्ययवस्तु खाद्य कम्पनीले खरिद गर्ने र त्यसको बजारीकरण गर्नेछ ।
कर्णालीका दशवटै जिल्लामा एकीकृत कर्णाली सिँचाइ विकास आयोजना सञ्चालन गरिने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खानेपानीको संकट टार्ने आयोजनाका रूपमा हेरिएको भेरी पम्पिङ आयोजना अघि बढाइने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त आयोजनाका लागि बजेट विनियोजन गरिएको छ । खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउनका आयोजना अघि बढाइने छ ।
यस्तै कर्णालीको पर्यटन क्षेत्र पूर्वाधार विकासका लागि पनि सरकारले बजेट छुट्याएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ मा सल्यानको छत्रेश्वरी र दैलेखको पञ्चकोशी पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गरिने जनाए ।
रुकुमपश्चिको चौरजहारी विमानस्थल र जुम्ला विमानस्थलको स्तरोन्नतिका लागि सरकारले बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ मा दुई वटा विमानस्थल स्तरोन्नति गरिने भएको हो ।
कर्णाली करिडोरलाई पूर्णता दिन झन्डै एक अर्ब बजेट छुट्याइएको छ । खुलालु–सल्लीसल्ला र हिल्सासम्म सडकको स्तरोन्नतिका लागि ९७ करोड बजेट विनियोजन गरिएको हो । भेरी–बबई डाइभर्सनको बाँकी काम अघि बढाइन डेढ अर्ब विनियोजन भएको छ । डाइभर्सनको निर्माण कार्यका लागि एक अर्ब ७४ करोड बजेट विनियोजन गरिएको हो ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया