बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु

धादिङ- धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।    
    
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् । दुवैजनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।