टी-ट्वान्टी सिरिजः मलेसियाविरुद्ध नेपाल विजयी

काठमाडौँ- घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ । पहिलो खेलमा पराजय भोगेको नेपालले मलेसियालाई दोस्रो खेलमा ७ विकेटले हरायो । यससँगै सिरिज १-१ को अवस्थामा पुगेको छ ।
जितका लागि ९७ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले २१ बलमा सर्वाधिक २९ रन बनाइन् । उनले ३ चौका र १ छक्का हिर्काइन् । कविता कुँवरले २६ रन तथा सिता राना मगरले २३ रन जोडे । सिताले २२ बलको सामना गर्दा २ चौका र १ छक्का हिर्काइन् । जारी सिरिजमा छक्का हिर्काउन सिता पहिलो खेलाडी हुन् ।
मलेसियाका लागि आइस्या इलिसा, निक नुर र विनिफ्रेड अनेले १-१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९६ रन जोड्यो । मलेसियाका लागि मास इल्यसा यास्मिनले सर्वाधिक २८ रन तथा विनिफ्रेड अन्ने र वान जुलियन वानले समान २०-२० रन बनाए ।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले २ विकेट हात पार्दा कविता कुँवर र इन्दु वर्माले एक-एक विकेट हात पारे ।
यसअघि पहिलो खेल मलेसियाले ५ विकेटले जितेको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया