नेप्सेमा एकैदिन ६ अर्ब बढीको शेयर कारोबार

काठमाडौँ : बिहीबार शेयर कारोबारको रकममा नयाँ रेकर्ड कायम भएको छ । एकैदिन ६ अर्ब बढीको शेयर कारोबार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार एक सय ९८ कम्पनीका एक करोड ४० लाख ६२ हजार पाँच सय सात कित्ता शेयर ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैँयामा खरिद बिक्री भएका हुन् ।
त्यस्तै लगातार उकालो लागेको नेप्से आजपनि दोहोरो अंकले बढेको हो । नेप्से बिहीबार ३६.३२ अंकले बढेर एक हजार ७ सय ७८.१२ अंकमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९८ विन्दुले बढेर तीन सय ४३.०७ अंकमा पुगेको छ ।
आज कारोबार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको नेप्सेले जनाएको छ । बैंकिङ २.७१, व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, जलविद्युत् २१.६३, वित्त १३.७६, निर्जीवन बीमा ३९९.१६, उत्पादन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८, जीवन बीमा ३७६.१५ र सामूहिक लगानी कोष ०.०७ अंकले उकालो लागेका छन् ।
नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड आठ लाख ४५ हजार तीन सय १० रुपैँया बराबरको कारोवार भयो । यस्तै हिमालयन डिस्टिलरी २७ करोड सात लाख ५३ हजार ५३९, नेपाल लाइफ इन्स्योरेन्स २६ करोड १२ लाख ९९ हजार ६५१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी १८ करोड ४३ लाख १७ हजार ४०९, नेपाल दूरसञ्चार कम्पनी १७ करोड ३१ लख ५६ हजार १५२, नेको इन्स्योरेन्स १६ करोड ७७ लाख ९५ हजार ५३७, शिवम् सिमेन्ट १६ करोड १८ लाख ६२ हजार ७६७ र एनआइसी एशिया बैंक १५ करोड ६० लाख ८० हजार बराबरको कारोबार भइ शीर्षस्थानमा रहे ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया