आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

कूल पुँजीगत बजेटको न्यूनतम १ प्रतिशत बजेट अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको कूल पुँजीगत बजेटको न्यूनतम १ प्रतिशत बजेट अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने भएको छ । सोमबार संघीय संसद्को सयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामशरण महतले यस्तो जानकारी दिएका हुन् । 

‘सरकारको कूल पुँजीगत बजेटको न्यूनतम १ प्रतिशत बजेटलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइने छ,’ उनले भने, ‘अनुसन्धान नवप्रवर्तनमा र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न १ अर्ब विनियोजन गरेको छु । कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिने छ ।’

सरकारका विभिन्न निकायबाट हुने आविष्कार अनुसन्धान पनि यसमै समावेश गरिने उनले बताए ।