आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

सवारी साधानको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई इन्धनबापत नगदै दिइने

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षबाट सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई इन्धनबापत नगदै प्रदान गर्ने भएको छ । सोमबार संघीय संसद्को सयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् । 

‘सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको आधारमा इन्धनबापत नगद नै प्रदान गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘सरकारी सवारी सञ्चालन र व्यवस्थापन हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुस्टा नगदै प्रदान गर्ने व्यवस्था गरिने छ ।’