जनअपेक्षालाई यथोचित सम्बोधन गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौँ - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनअपेक्षा अनुरुप सुशासन र शासकीय प्रणाली सञ्चालन हुन नसक्दा परिर्वतनप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेकाले नागरिकको परिर्वतनप्रतिको तीव्र आकांक्षालाई सम्बोधन गर्न आग्रह गरेका छन् ।
गणतन्त्र दिवसका अवरमा शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले भनेका छन्, “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनको १५ वर्ष व्यतित भइसकेको छ, जनअपेक्षा अनुरुप सुशासन र शासकीय क्रियाकलाप सञ्चालन हुन नसक्दा सरकार तथा सिङ्गो राजनीतिक प्रणाालीप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेका छन् ।”
उहाँले नेपालमा गणतन्त्र स्थापनाले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा स्थापित गरेको जनाउँदै जनताबाट निर्वाचित प्रतिनिधिमार्फत शासन सञ्चालन हुने यो व्यवस्था आफैमा एक उन्नत राजनीतिक प्रणाली भएको बताए ।
उनले सन्देशमा भनेका छन्, “नागरिकको परिवर्तनप्रतिको तीव्र आकांक्षाको यथोचित सम्बोधन, उपलब्ध साधन र स्रोतको उच्चतम परिचालन, मौलिक अधिकारको कार्यान्वयन एंव न्यायपूर्ण र समतामूलक राष्ट्र निर्माणमा तीन तहका सरकार, सम्पूर्ण राजनीतिक दल, कर्मचारीतन्त्र, नागरिक समाज तथा सम्पूर्ण सरोकारवाला सिर्जनशील रुपमा क्रियाशील रहन विशेष आग्रह गर्दछु ।” रासस

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया