मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट ५० मिनेट तल खस्दा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३० वर्षका चालक काशिलाल बढुवाल र २० वर्षका सहचालक शिव बढुवाल रहेका प्रहरीले जनाएको छ । उनीहरुकाे घटनास्थलमै मृत्यु भएको हाे । आइतबार राति घटना भए पनि घटनाबारे बिहानै मात्र थाहा भएको वडा नं १४ का वडा अध्यक्ष जुन बहादुर खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार १४ नम्बर वडाका अध्यक्षमार्फत घटनाका बारेमा जानकारी भएको र त्यसतर्फ अस्थायी प्रहरी चौकी बाम र जिल्लाबाट प्रहरी घटनास्थल तर्फ गएको छ । प्रहरी पुगिसकेपछि थप अनुसन्धानमार्फत जानकारी हुने प्रनाउ बस्नेतले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया