कर्णाली प्रदेश सभाकाे विषयगत समितिका सभापतिको चयन

सुर्खेत- कर्णाली प्रदेश सभाकाे विषयगत समितिका सभापतिको चयन भएको छ । समितिमा रहने चार वटै विषयगत समितिका सभापति चयन गरिएको हो । आज (आइतबार) भएको समिति सभापतिको निर्वाचनमा सहमतिमै चारवटै समितिका सभापति निर्विरोध चयन भएका हुन् ।
जसअन्तर्गत सामाजिक विकास समितिको सभापतिमा कांग्रेसका घनश्याम भण्डारी, सार्वजनिक लेखा समितिमा एमालेका जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक श्रोत समितिको सभापतिमा नेकपा माओवादका दुर्गा रावत र प्रदेश मामिला समितिको सभापतिमा एकीकृत समाजवादीका कल्याणी खड्का निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभा गठन भएको तीन महिनाभित्र समिति गठन गरिसक्नुपर्ने भए पनि कर्णालीमा गठन हुन सकेको थिएन ।
कर्णालीमा प्रदेश मामिला समिति, अर्थ तथा प्राकृतिक स्रोत साधन समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति गरी चारवटा समितिहरू रहेका छन् ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया