प्रदेश २ मा थप ४८७ जना संक्रमित

जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ४८७ जनामा संक्रमण पुष्टि भएको छ भने १७ जना निको भएका छन् । स्वास्थ्य निर्देशनालयले जारी गरेको रिपोर्ट अनुसार सबभन्दा बढी धनुषा जिल्लामा १३५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै महोत्तरीमा ८२, सिरहामा ३१, सप्तरीमा ३९, रौतहटमा ४५, सर्लाहीमा ८, बारामा ३३ र पर्सामा ११३ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबारसम्म विभिन्न अस्पतालमा उपचाररत १७ जना सक्रमित निको भएर घर फर्केको छन् भने ४ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै सिरहा जिल्लाकै रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हाल ८ हजार २ सय १८ जना सक्रिय संक्रमित रहेका छन ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया