सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

विराटनगर तनावग्रस्त : प्रहरी र प्रदर्शनकारीबीच झडप, दुवैतर्फ घाइते (फाेटाेहरू)

विराटनगर– कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलतरत पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । स्थानीय प्रशासनले जारी गरेका निषेधाज्ञा तोड्न खोजेपछि दोहोरो झडप भएको हो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोजेकाे थियो । सो रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । प्रहरीले दर्जन बढी अश्रु ग्याससमेत प्रहार गरेको छ । सो क्रममा  प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् । 

विराटनगरको स्थिति तनावग्रस्त छ ।