कोशी प्रदेशमा आन्दोलन : प्रदेश सभा नजिकबाट दुई दर्जन बढी प्रदर्शनकारी पक्राउ

विराटनगर । कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनमा उत्रिएका दुई दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।
आइतबार दिउँसो २ बजेदेखि बोलाइएको प्रदेश सभाको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचान पक्षधरहरु बिहानैदेखि जम्मा भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राई लगायत रहेका छन् ।
प्रदर्शनकारीहरु विराटनगरको देवकोटा चाेक वरपर होटल तथा पसलहरुमा बसेका थिए । जिल्ला प्रसाशन कार्यालयले प्रदेश सभा वरिपरि देवकोटा चोक आसपासको क्षेत्रसहित विराटनगरका पाँच ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ । पक्राउ पर्नेहरुमा लिम्बुवान फोर्सका केही युवा कार्यकर्ताहरु पनि रहेका छन् । २०७९ फागुन १७ गते कोशी प्रदेश नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । आजदेखि दोश्रो तथा बजेट अधिवेशन हुँदैछ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_8zoUKedmXU_dpojbthojefeqqst3sblsupl4nzfxwutlxpf7ds28rkmxq6m4pnzykltpb5m.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया