अक्सिजन व्यवस्थापनको जिम्मा सेनालाई

बुटवल : अक्सिजनको चरम अभावले उपचार प्रभावित भइरहेका बेला रुपन्देहीमा अक्सिजनको व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला सुरक्षा समिति,अक्सिजन उद्योगी र सरोकारवालासहितको बैठकले रुपन्देहीमा रहेका सबै अक्सिजन उद्योग र प्लान्टको व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले यसका लागि नेपाली सेना गरुण दल गण,रामनगर ब्यारेकलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रजिअ तामाङका अनुसार यस्तो निर्णयसँगै शनिबारदेखि रुपन्देहीमा रहेका अक्सिजन उद्योग तथा प्लान्टहरूमा नेपाली सेनाको जनशक्ति खटिने छ । अक्सिन सहज आपूर्तिका लागि सेनाले व्यवस्थापन गर्नेछ ।
यसबाट अक्सिजनको उत्पादनमा बृद्धि गर्न र प्रभावकारी व्यवस्थापन गर्न ठूलो सहज पुग्ने बताए । उनले भने,'सेना मार्फत व्यवस्थापन गर्यो भने अक्सिजनको उत्पादन र बितरण सहज ब्यवस्थापन हुने विश्वास छ ।' रुपन्देहीमा शंकर अक्सिजन ग्याँस प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्याँस इण्डष्ट्रिज पड्सरी र लुम्बिनी अक्सिजन ग्याँस प्रालि तिलोत्तमाले अक्सिजन उत्पादन गर्दै आएका छन् ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_BvR7WMlawl_1dbbxl7mlk6k69pjqyjxiyer2g3nphrmirbfsr9srrigbcecxq6f5dcvpb7r.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया