दलहरूबीच एकताको खाँचो छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकमा देखिएका समस्या समाधानका लागि दलहरूबीच एकताको खाँचो रहेको बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्या समाधानका लागि राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् । देशमा गम्भीर समस्या पैदा हुँदा राजनीतिक दलहरू नै सहमति सहकार्य र एकताको माध्यमबाट त्यसको सामना गरेको उनले जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले पहिलो गठबन्धनबाट दोस्रो गठबन्धनसम्म आइपुग्दा केही तितामिठा कुरा भए पनि अहिले दलहरूबीच साझा समझदारी आवश्यक रहेको जिकिर गरे । उनले पहिलाको सरकार र अहिलेको सरकारले ल्याएको नीति कार्यक्रममा कुनै फरक नभएको र यो एक हदसम्म कर्मकाण्डी नै रहेको बताए । यद्यपि यसपटकको कार्यक्रममा केही नयाँ मौलिकपन समावेश गर्न खोजिएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा अपराधी नछुट्ने र निर्दोष नफस्ने गरि अनुसन्धान गर्न निर्देशन दिएको र अब अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए । उनले सम्पत्ति शुद्धीकरण, राजस्व लगायत बेथिति रहेका क्षेत्रलाई क्रमशः सुधार गर्दै लाने र यसका लागि सदनको साथ आवश्यक रहेको बताए । उनले आफ्नो तेस्रो कार्यकाल अन्तिम हुन सक्ने भन्दै यसलाई चुनौतीपूर्ण र अवसरपूर्ण ठानेको उल्लेख गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया