प्रधानमन्त्रीले जेठ १७ देखि भारत भ्रमण गर्ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहालले चार दिवसीय भ्रमण गर्न लागेका हुन् । भ्रमणमा प्रधानमन्त्रीको साथमा उनका स्वकीय सचिवसमेत रहेकी छोरी गङ्गा दाहाल रहने छिन् । त्यस्तै प्रधानमन्त्रीको भ्रमण दलमा मन्त्रीहरू, सचिवहरू र उच्चपदस्थ सरकारी कर्मचारीको सहभागिता रहनेछ ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा जेठ १८ गते भारतीय प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्रीस्तरीय द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ । द्विपक्षीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना हुनेछ । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवाभोजको आयोजना गर्नेछन् ।
प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखेरसँग भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको ‘बिजनेस समिट’लाई सम्बोधन एवं अन्तरक्रिया गर्नेछन् ।
यस्तै प्रधानमन्त्रीले भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । यस्तै भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
त्यस्तै भ्रमणका क्रममा प्रधानमन्त्रीले मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको भ्रमण गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो बहुआयामिक र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

प्रतिक्रिया