सुर्खेत आएर पूर्वराजा शाहले भने : हामी एकजुट हाेऔँ

सुर्खेत- पूर्व राजा ज्ञानेन्द्र शाहले एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै सबै एक आपसमा जुट्न आग्रह गरेका हुन् ।
पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने टिप्पणी समेत गरे । राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुने उनको भनाइ थियो । ‘नेपालको पिर मर्का बुझ्न नेपाली मनले मात्र सक्छ । अब हामी भन्छौँ, मिलौँ। हामी सबै मिलौँ,’ पूर्व राजा शाहको आग्रह थियो, ‘त्यसैले हामी भन्दछौं, जुटौँ ।'
‘आफ्नो पहिचान हाम्रो शान हो, आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो,’ पूर्व राजा शाहले भने, ‘कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो ।’
पूर्व राजा शाहले सम्बोधन गर्दागर्दै ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै हुटिङ समेत भएको थियो । समर्थकहरूको उक्त हुटिङपछि पूर्व राजा शाहले आफू जहाँ-जहाँ पुग्यो त्यहाँ यस्तै नारा लाग्ने गरेको सुनाए ।
उनले परस्परमा सहकार्य गरेर विकासको निम्ति डट्न आग्रह समेत गरे । एकजुट भएर राष्ट्रको निम्ति एक साथ अघि बढ्न उनले सुर्खेतवासीलाई आग्रह समेत गरे ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया