मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

भोलिदेखि ललितपुरमा पाँच जनाभन्दा धेरै भेला हुन नपाइने

काठमाडौँ  : कोभिड १९को संक्रमण उच्च भएको भन्दै ललितपुर प्रशासनले पाँच जनाभन्दा धरै भेला हुन नदिने निर्णय गरेको छ । प्रशासनले पाँच जनाभन्दा बढी मान्छे भेला हुन नपाइने गरी निषेधित क्षेत्र पनि तोकेको छ ।   

शनिबार बिहान ६ बजेदेखि आगामी बुधबार राति १० बजेसम्म ललितपुरका विभिन्न क्षेत्रमा पाँच जना भन्दा धेरै भेला हुन नपाइने आदेश जारी गरेको हो ।