सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन प्रमुख साहको आग्रह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पद बहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतिनिधिहरूलाई पत्रमार्फत अनुरोध गरेका छन् ।
आगामी १३ गते बिहान ७ देखि १० बजेसम्म आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुनका लागि प्रमुख साहले आग्रह गरेका हुन् । 'विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न गर्नसमेत उनले पत्रमार्फत आग्रह गरेका छन् । सरसफाइ गरिने स्थानको छनोट र आवश्यक सामग्री वडाले उपलब्ध गराउने छन् । सङ्कलित फोहर उठाउने तथा अन्तिम व्यवस्थापन गर्ने काम वातावरण विभागले फोहर व्यवस्थापनमा काम गर्ने निजी क्षेत्रको सहयोगमा गर्नेछ ।
गत वर्ष २०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको थियो । वैशाख ३१ गते शनिबारदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिकाको मतगणना जेठ १३ गते शुक्रबार सकिएको थियो । शुक्रबार राति ११ बजे मत परिणाम घोषणा गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात् जेठ १४ गते शनिबार बिहान ८ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा बधाई कार्यक्रम आयोजना गरेको थियो ।
जेठ १६ गते सोमबार कामपाका जनप्रतिनिधिहरूले बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । सोही दिन अपराह्न ४ बजे कार्यपालिकाको पहिलो बैठकसमेत बसेको थियो । रासस
पूर्वराष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्ने

राजनीतिक स्थायित्व नै आर्थिक रुपान्तरणको आधारः उपप्रधानमन्त्री सिंह

कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छः सभापति देउवा
देशको समृद्धि सपना होइन सङ्कल्प बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत

निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली

तीन वटा संसदीय समितिको बैठक बस्दै

प्रतिक्रिया