कामिरिता शेर्पाले गरे २८ औँ पटक सगरमाथा आरोहण, काठमाडौँमा भव्य स्वागत

काठमाडौँ- २८ औँ पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । सगरमाथाको सफल आरोहण गरेर बिहीबार काठमाडौँ फर्किएका कामिरितालाई शेर्पा समुदाय लगायत शुभेच्छुकहरूले भव्य स्वागत गरेका हुन् । यस सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर उनले २८ औँ पटक आरोह गर्ने कीर्तिमानी कायम गरेका हुन् ।
काठमाडौँ आए पनि कामीरिताले आफूले रेकर्ड कायम गर्नका लागि नभएर नेपालमा पर्यटन क्षेत्रलाई प्रोत्साहन होस भनेर सगरमाथा चढेको बताए । उनले विदेशीहरूलाई सफल रूपमा सगरमाथा चढाउन सके नेपाललाई आर्थिक रूपमा पनि फाइदा हुने जिकिर गरे ।
सगरमाथा क्षेत्रमा काम गर्ने आफूजस्ता धेरैलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ । कामिरिताले आफ्नो ज्यानले भ्याएसम्म अर्को साल पनि सगरमाथाको आरोहण गर्ने उल्लेख गरे । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान पनि छ ।

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

प्रतिक्रिया