ललितपुर महानगरले बोलायो बेरोजगारलाई

ललितपुर : ललितपुर महानगरपालिकाले कोभिड-१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगारलाई बोलाएको छ ।
महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै आफू स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा मंसिर ११ गते सम्ममा फारम भर्न आह्वान गरेको छ ।
नेपाल सरकार (मन्त्रिपरिषद्)को मंसिर ४ गतेको निर्णयानुसार रोजगारीको सम्भाव्यता अध्ययन गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ । सोही अनुरुप महानगरपालिकाले आह्वान गरेको हो ।
१८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नेपाली नागरिकहरुले महानगरपालिको वडा कार्यालयमा आफ्नो नाम दर्ता गराउन सक्छन् । साथै यसबारे थप जानकारीको लागि ललितपुर महानगरपालिकाको रोजगार सेवाकेन्द्रमा सम्पर्क गर्न सकिने समेत सूचनामा उल्लेख छ ।

छ महिनापछि घर फर्किए तिङ्करवासी

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

भोजन लिपि स्वादको 'नेपाल हाउस' मा तेस्रो संस्करणको खाना प्रदर्शन

लुइँटेल नेतृत्वमा स्कल नेपालको नयाँ कार्यसमिति चयन

काभ्रेपलाञ्चोकमा अस्थायी आवास निर्माण

यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी सरकारको आह्वान

बच्चा कोरल्दै आगन्तुक चरा

प्रतिक्रिया