बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई १४ कठ्ठा जग्गा दान

कलैया-बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले रु ५६ लाख बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् ।
केही समयअघि क्याम्पसको आयोजनामा श्रीमद् भागवत तथा गढीमाई महोत्सवका अवसरमा विभिन्न व्यक्तिले क्याम्पसलाई जग्गा दान गर्न प्रतिबद्धता जनाएका थिए । सोही अनुसार उनीहरुले क्याम्पसलाई जग्गा दान गरेका हुन् । महागढीमाई नगरपालिका–१ का नागेन्द्रप्रसाद चौधरीले १० कठ्ठा तथा पन्नालाल प्रसाद, प्रेम प्रसाद, सुमित्रा देवी र नरेशप्रसाद जयसवालले एक–एक कठ्ठा जग्गा दान गरेको क्याम्पस सञ्चालक समितिका सदस्य अमित चौधरीले जानकारी दिए ।
पाँचै जनाले बुधबार मालपोत कार्यालयमा गई जग्गा क्याम्पसको नाममा पास गरी लालपुर्जा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयकुमार स्वर्णकार र क्याम्पस प्रमुख धर्मेन्द्रप्रसाद यादवलाई हस्तान्तरण गरे । यसैगरी क्याम्पसले महायज्ञबाट सङ्कलन भएको रकमबाट रु चार लाखका दरले थप चार कठ्ठा जग्गा खरिद गरेको अध्यक्ष स्वर्णकारले जानकारी दिए ।

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

प्रतिक्रिया