'चन्द्र भण्डारीकै इच्छाअनुसार संसदमा बोल्ने विशेष व्यवस्था'

काठमाडौं - आगलागीको घटनापछि स्वास्थ्यलाभ गर्दै गरेका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् । भण्डारीकै इच्छाअनुसार विशेष व्यवस्था मिलाएर बैठकमा बोल्ने अवस्था बनाइएको सभामुख देवराज घिमिरेले बताएका छन् ।
एक साताअघि निवासमै पुगेर जलनबाट घाइते भएका भण्डारीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेको स्मरण गराएका सभामुख घिमिरेले भण्डारीकै इच्छाअनुसार बुधबार सदनमा बोल्ने व्यवस्था मिलाइएको बताएका हुन् ।
‘माननीय भण्डारीज्यूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा हुने इच्छा राख्नुभएको थियो । उहाँको इच्छाअनुसार संसद सचिवालयलाई बोल्न विशेष व्यवस्था मिलाउन निर्देशन दिएको थिएँ,’ आफ्नो कार्यकक्षमा रहेका भण्डारीसँगको भेटमा सभामुख घिमिरेले भने, ‘आज माननीयज्यूले सदनमै आएर सम्बोधन गर्नुभएको छ । उहाँलाई सम्बोधनपछि कार्यकक्षमा नै स्वागत गर्ने र पुनः स्वास्थ्यलाभको कामना गर्ने अवसर पाइयो । पुनः माननीयज्यूको स्वास्थ्य लाभको कामना गर्दछु ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया