संसदमा शिशिर खनालले भने– नो इफ नो बट, सबैमाथि तुरुन्त छानबिन होस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भनी आरोप लागेका पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि पनि छानबिन गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले आरोपित सबैमाथि छानबिन हुनुपर्ने बताए ।
‘आईजीपी, पूर्वसचिव, पूर्वमेयर, पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवको समेत नाम जोडिएको छ । नो इफ नो बट सबैमाथि तुरुन्त छानबिन होस् ।’
उनले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले देखाउँछु भनेको ब्लकबस्टर फिल्म काँटछाँट हुँदै गरेको शंका व्यक्त गरे । ‘नक्कली शरणार्थी प्रकरणमा ब्लगबस्टर फिल्म नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीज्यूले देखाउनुभएको ट्रेलरले उत्साहित बनायो’ खनालले भने, ‘तर यो फिल्मको दृष्य यति काँटछाँट गरिँदैछ कि फिल्म त बकवास हुन थाल्यो ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया