राज्यविरुद्धको अपराधमा संलग्न मान्छे चाहे घरको होस् या बार्दलीको अनुसन्धान हुनुपर्छ : गगन थापा
काठमाडौँ– कांग्रेस सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकै भए पनि अनुसन्धानमा छुट्न नहुने बताएका छन् । बिहीबार संसद् बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा जसको नाम आएको छ, त्यसको फेयर अनुसन्धान हुनुपर्छ,’ उनले भने, ‘त्यो अनुसन्धान भएन मैले गरिने भन्ने कुराले कसैले पनि मुक्ति पाउँदैन । यो राज्यविरुद्धको अपराधमा संलग्न भएको एक एक मान्छे चाहे त्यो घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे होस्, चाहे नेता होस्, चाहे नाता होस्, सलाम गर्ने होस्, सलामी लिने होस् एक जना मान्छे पनि छुट्नु हुँदैन ।’
यो अनुसन्धान सरकारका लागि एउटा परीक्षा भएको उनले बताए । ‘यो सरकारको परीक्षा हो,’ उनले भने, ‘सरकारको परीक्षा सकिएपछि न्यायलयको परीक्षा पनि छ । न्यायको अनुभूति हुनुपर्छ ।’
सरकारले गरेको अनुसन्धान प्रक्रियाबाट फेयर भइरहेको भनने अनुभूति भयो भने सबैले सरकारको वाहवाही गरिरहने उनले बताए । तर सरकार कही न कही लकपकाएको छ भन्ने भयो भने विकल्पहरूको बारेमा प्रश्न उठ्ने उनको भनाइ छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया