भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद् चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही

काठमाडौँ- राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।
कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनको भनाइ छ ।
यदी भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट संघर्ष गर्ने भन्दै उनले सदन पनि चल्न नदिने चेतावनी दिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया