दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन, प्रमाणीकरण हुनुपर्छ : विमलेन्द्र निधि

काठमाडौँ–कांग्रेस सांसद विमलेन्द्र निधिले अघिल्लो संसद्ले परित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । बिहीबारको संसद् बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले संवैधानिक आधारहरू खोज्नुभएको छ भन्ने सुनेको छु,’ उनले भने, ‘संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन । त्यहीँबाट प्रमाणीकरण हुनुपर्छ ।’
मन्त्रिपरिषद्ले नै निर्णय गरेर राष्ट्रपतिसँग सल्लाह गरेर प्रमाणीकरण हुनुपर्ने उनको भनाइ छ । संविधानसम्मत कुरा भएकाले प्रमाणीकरण अन्य समस्या नहुने भन्दै उनले सरकारलाई यस विषयमा सक्रिय हुन अनुरोध समेत गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया