रवि लामिछानेले भने-प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्राे छ भन्नुभएकाे छ, चेक कहाँ गर्ने ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेका छन् । बुधबारको संसद् बैठकमा विशेष समय माग गर्दै रास्वपका तर्फबाट उनले यस्तो माग राखेका हुन् ।
‘मुछिएका मान्छेहरू हेर्नुहोस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ,’ उनले भने, ‘यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ ।’
लामिछानेले नाम मुछिएका सबैलाई छानबिनको दायरामा ल्याउन सरकारले खुट्टा कमाउनु नहुने बताए ।
‘जसजसको नाम आएको छ तिनलाई छानबिन को दायारासम्म पनि ल्याउनु नहुने । सोधपुछ सम्म गर्नु नहुने किन डराएको ?’, उनले प्रश्न गरे, ‘गृहमन्त्रीले मुटु दह्रो छ प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो उहाँको मुटु कहाँ गएर चेक गर्ने । हरेक नाम आएका मान्छेसँग सोधपुछ हुनुप¥यो । कारबाहीको दायरामा ल्याउनु प¥यो ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया