५७ हजार ऋणीले लिए ८२ अर्ब सहुलियत कर्जा

काठमाडौँ : चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत)मा सहुलियत कर्जा अन्तर्गत ५७ हजार चार सय ३१ जनाले ८२ अर्ब ४६ करोड रुपैयाँ सहुलियत कर्जा लिएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार, सहुलियत कर्जाका १० शीर्षकमध्ये ऋणी संख्याका हिसाबले महिला उद्यमशीलता कर्जा र कर्जाको आकारका हिसाबले व्यावसायिक कृषि तथा पशुपंक्षी पालनतर्फ सबैभन्दा बढी कर्जा परिचालन भएको छ । यस आर्थिक वर्षमा चैतसम्म मात्रै कृषि तथा पशुपंक्षी कर्जामा ४२ अर्ब ४८ करोड रुपैयाँ ऋण परिचालन भएको छ । यस वर्षमात्रै व्यावसायिक कृषि कर्जामा १७ हजार ६ सय ८४ नयाँ ऋणी थपिएका छन् । त्यस्तै, महिला उद्यमशीलतातर्फ यो वर्ष ३८ हजार चार सय ४६ नयाँ ऋणी थपिएका छन् र उनीहरूले ३७ अर्ब ८० करोड रुपैयाँ सहुलियत कर्जा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अहिलेसम्म कुल ८९ हजार आठ सय ७९ ऋणीले एक खर्ब ४२ अर्ब दुई करोड सहुलियत ऋण लिएका छन् । यो मध्ये ६८ प्रतिशत सहुलियत कर्जा व्यावसायिक कृषि र पशुपालनमा परिचालन भएको छ ।
आर्थिक वर्ष २०७०–७१ मा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले युवाका लागि सहुलियत कृषि कर्जा कार्यक्रम शुरु गरेका थिए । यसलाई विस्तार गरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ ले विभिन्न १० क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको छ ।
सरकारले सहुलियत कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने नीति अनुसार त्यसभन्दा माथिको बैंकको ब्याजदर सरकारी कोषबाट व्यहोर्ने व्यवस्था गरेको छ ।
उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन, स्वरोजगार र उद्यमशीलता बढाउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो । गत असारसम्म १८ हजार दुई सय ९५ जना ऋणीले सहुलियत कर्जा उपभोग जम्मा ५९ अर्ब ५६ करोड रुपैयाँ थियो । साउनयता सहुलियत कर्जा ५८ प्रतिशतले बढेको छ ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया