सरकारलाई मनिष झाको प्रश्न : अनसन बसेपछि मात्रै सरकारले जवाफ दिने हो ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले सदनमा उठेका प्रश्नको जवाफ नदिएको भन्दै प्रश्न गरेका छन् ।
उनले सरकारले अनसन बसेपछि मात्रै सरकाले जवाफ दिने हो भन्दै सरकारलाई पश्न गरेका हुन् । मंगलबारको संसद् बैठकको शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न राखेका हुन् ।
‘भ्रष्टाचारको कुरा हामी पटक पटक उठाउँछौँ,’ सांसद झाले भने, ‘सबै भन्दा अपेक्षा राखेर सदनमा उठाउँछौँ । तर जवाफ आउँदैन सरकार पक्षले यसको जवाफ दिँदैन । मैले यो सदनमा चार पटक जानकी मन्दिरको टायल र त्यहाँ विजुली बत्तिमा भएको भ्रष्टाचारको प्रसंग उठाएँ । जवाफ मागिसकेँ । सरकारले जवाफ दिँदैन । सत्ता पक्षकै सांसद अनशनमा बस्नुपर्ने बाध्यात्मक अवस्थामा के हामीलाई पनि त्यही सन्देश दिन खोजेको हो सरकारले ? कि गएर अनसन बस अनि जवाफ पाउँछौँ । हो भने हामी तयार छौँ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा केही शीर्ष नेताले आफू निर्दोष छु भन्दै अन्तर्वार्ता दिँदैमा सबै चिज नपखालिने पनि बताए ।
‘देशमा अहिले सबैतिर चर्चा भइरहेको भ्रष्टाचारको विषय नक्कली भुटानी शरणार्थीको विषय र त्यसमा हामीले अपेक्षा गरिरहेको केही निर्णयहरू छन्,’ उनले भने, ‘केही सुनियोजित सेटिङमा गरिएको टेलिभिजन अन्तरर्वार्ताहरूले सबै प्रश्नहरूको जवाफ दिँदैनन् । त्यसले सबै चिज पखालियो भन्ने भ्रम पनि नरोहोस् ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया