सांसदहरूलाई कोभिडसिल्ड खोपको दोश्रो डोज
काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले कोभिडसिल्ड खोपको दोश्रो मात्रा लगाएका छन् । संघीय संसद भवन नयाँ वानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिडसिल्डको दोश्रो डोज लगाएका हुन् ।
संसद सचिवालयले नयाँवानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा आज, भोलि र पर्सि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको हो । शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरू, पदाधिकारीहरूका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।
लोत्सेहलमा भएको खोप कार्यक्रममा सांसदहरू, पदाधिकारीहरूका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मीलगायतले कोभिडसिल्डको दोश्रो खोप लगाएका छन् । बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाइने सचिवालयले जनाएको छ । त्यसैगरी सनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरू,अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँवानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरूलाई र आइतबार स्वकीय सचिवलगायतका सबै कर्मचारीहरू, मर्यादापालक, सुरक्षासंग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरूलाई खोपको दोश्रो डोज लगाइने छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया